शनिबार, असोज २६, २०८१

क्वारेन्टिन बनाउने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप

नेपालखोज २०७७ जेठ ७ गते १९:१४

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टिन बनाउन दिएका छैनन् । यता प्रहरीले होटलमै क्वारेन्टिन बनाइनुपर्ने बताउँँदै आएको छ ।

भारतमा रहेका नेपाली नागरिकलाई ल्याएर वीरगन्जमै क्वारेन्टिन बनाएर राख्नुपर्ने भएकाले वीरगन्ज महानगरपालिकाकाले होटललाई क्वारेन्टिन बनाउने तयारी गरेको थियो ।

प्रहरीले उक्त ठाउँलाई सफा बनाउन लागेको छ भने स्थानीय बनाउन नदिने पक्षमा विरोध गरिरहेका छन्।

प्रतिक्रिया