थप १७ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

नेपालखोज २०७७ जेठ ८ गते ७:४८

काठमाडौं । नेपालमा थप १७ जना कोरोना  संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । सुनसरी, झापा र धनकुटा जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् ।

झापाको कचनाकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ मा १५ जनामा पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको छ ।

प्रतिक्रिया