अतिक्रमित भूमि लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ जना पक्राउ

नेपालखोज २०७७ जेठ ८ गते १८:२७

दार्चुला । नेपाली भूमि लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ, लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए ।

जसले गर्दा कोरोनाको खतरा समेत बढने सम्भावना भएकाले उनिहरुलाई नियन्त्रणमा लिनु परेकोे प्रहरी नायव उपरिक्षक पदम विष्टले बताए ।

प्रतिक्रिया