शनिबार, वैशाख १५, २०८१

महामारीका कारण म्यान्चेस्टर युनाइटेडलाई २८ मिलियन घाटा

नेपालखोज २०७७ जेठ ९ गते १४:०४

काठमाडौँ । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले कोरोना भाइरस ९कोभिड–१९० का काण क्लबलाई २८ मिलियन पाउन्ड घाटा लागेको बताएको छ। उसले २८ मिलिन सुरुवाती अनुमान रहेको र अन्तिममा यो रकम बढ्न सक्ने पनि बताएको छ।

युनाइटेडले आफ्नो ३१ मार्चसम्मको ९तेस्रो क्वार्टरको० रिजल्ट हिजो ९बिहीबार० प्रस्तुत गरेको छ। प्रिमियर लिग पुनः सुरु भएको खण्डमा पनि क्लबले आफ्नो टेलिभिजन ब्रोडकास्टरलाई २० मिलियन पाउन्ड फिर्ता गर्नुपर्ने क्लबका लेखा अधिकृत क्लिफ बाटेले बताएका छन।

बाटेले लिगमा खेलको समय र मिति परिवर्तन भएका कारण ठूलो रकम फिर्ता गर्नुपरेको बताएका छन्।

क्लबले अन्य ८ मिलियन मार्चको अन्तिमा तीन सातामा गुमाएको हो, जब लिगका ३ खेल स्थगित भएका थिए। महामारीका कारण युनाइटेडका ११ खेल स्थगित छन्।

प्रिमियर लिगकै अर्को क्लब टोटेनहमले क्लबलाई ४ मिलियन पाउन्डको घाटा लागेको बताएको छ। –एजेन्सी

प्रतिक्रिया