बुधबार, असार ११, २०८२

त्रिवि शिक्षण अस्पताललाई सहयोग

नेपालखोज २०७७ जेठ ९ गते १७:३१

काठमाडौँ । कलङ्कीको एलआरआई स्कूलले कोभिड–१९ रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई आज प्रदान गरेको छ ।

सामाजिक उत्तरदात्यिवअन्तर्गत विद्यालयले माहामारी रोकथामका लागि अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीका लागि करिब रु दुई लाख बराबरको सामग्री सहयोग गरेको हो । विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको विद्यालयले यसअगाडि स्थानीय तहका फोहरमैला, सरसफाइ तथा व्यवस्थापनमा सहभागी कर्मचारीका लागिसमेत यस किसिमका सामग्री उपलब्ध गराएको थियो ।

यहाँ आज आयोजित कार्यक्रममा विद्यालयका संस्थापक गुठीयार यशोधरा पन्तले अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गालाई व्यक्तिगत सुरक्षा सामग्री ९पिपिआई० १७ थान, केएन–९५ मास्क ९२ थान, भाइजर १०७ थान, सर्जिकल मास्क ३०० थान, साधारण मास्क ९० थान, सेनिटाइजर १०० थानलगायत सामग्री हस्तान्तरण गरे । विद्यालयका अध्यक्ष शिवराज पन्तले परोपकारी कार्य निरन्तर गर्दै आएको आफ्नो संस्थाले विश्वमा महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ ले नेपालमा पनि जोखिम बढाइरहेकाले अग्रस्थानमा निरन्तर कार्य गर्नुपर्ने स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोग गरेको बताए ।

प्रतिक्रिया