बुधबार, वैशाख १२, २०८१

अब विदेशबाट आएको ३० दिनपछि मात्रै कोरोना बिमा गर्न पाइने

नेपालखोज २०७७ जेठ ९ गते १८:१५

काठमाडौं । अब विदेशबाट आएको ३० दिनपछि मात्रै कोरोना बिमा गर्न पााइने भएको छ । बिमा समितिले कोरोना बिमालेख प्रावधान परिमार्जन गर्दै नयाँ व्यवस्था गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि समितिले कोरोना बिमाको लागि थप व्यवस्था गरेको हो ।

खुल्ला सिमानाका काराण विशेषगरी भारतबाट स्वदेश फर्किने नेपालीहरुको सीमा नाकामा अत्याधिक चाप परेको भन्दै कोरोना बिमालेखको लागि विशेष खालको अन्डर राइटिङ निर्देशन जारी गरिएको समीतिको निर्देशनमा उल्लेख छ ।

समितिको निर्देशनमा भनिएको छ, ‘कुनै पनि व्यक्ति भारत लगायत अन्य विदेशी मुलुकबाट नेपाल आई क्वारेनटाइमा १५ दिन बसेपछि आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्रै कोरोना बिमालेख खरिद गर्न सकिने छ ।’

यसआधारमा विदेशबाट आएको ३० दिन हुन्छ । यस्तै, विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सोको नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

आरडीटी परीक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायहरुबाट प्रमाणित भएको हुनुपर्ने बिमा समितिले जनाएको छ । गत वैशाख ७ गते देखि सुरु गरेको कोरोना बिमामा १ महिनाको अवधिमा कुल १२ हजार ५७८ बिमालेख मार्फत १ लाख ५९ हजार ९३६ जनाको बिमा भएको समितिले जनाएको छ ।

प्रतिक्रिया