आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिग : जावलाखेल पराजित

नेपालखोज २०८० वैशाख २२ गते १७:१४

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले ४-२ गोल अन्तरले हराएको हो ।

खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउको नाममा एक गोल रह्यो । जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । रोहित सुब्बाले एक आत्मघाती गोल गरे ।

प्रतिक्रिया