२०७७ जेठ १९ , सोमवार English

एक जनाकैदीमा कोरोना संक्रमण देखिए पछि जिल्ला प्रहरी कार्यालय सिल

२०७७ जेठ ९ , शुक्रवार प्रकाशित



baitadi_1




बैतडी । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो ।

थ्रोट स्बाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालका प्रमख डाक्टर वसन्तराज जोशीले जानकारी दिए । गत चैत ६ गते भारतको दिल्लीबाट आएका ती युवक कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका थिए ।

शिवनाथ–४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो । उक्त प्रकरणमा उनकी बहिनी पनि हिरासतमा रहे पनि रिपोर्ट नेगेटिभ आएको छ ।

भारतबाट आएका हुनाले ती युवकको यसअघि दुई पटक आरडिटी गरिएकामा नेगेटिभ आएको थियो तर पिसिआर गर्दा पोजेटिभ आएको हो । ती युवकलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिल
कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ । सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक्ट ट्रेसिङको कामसमेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer