नेपालमा जम्मा ११ हजार ६ सय ७३ जना सक्रिय सङ्क्रमित
नेपालखोज
२०७७ मंसिर २७ गते १६:५६

काठमाडौं । नेपालमा पछिल्लो समय दैनिक कोरोनाका संक्रमित घटिरहेका छन् । नेपालमा आज देशभर ११ हजार ६ सय ७३ जना सक्रिय सङ्क्रमित रहेका छ ।
नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार २ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै कुल संक्रमित संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई लाख ३४ हजार दुई सय ३१ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार छ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया