नेपालमा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५८४ पुग्यो

नेपालखोज २०७७ जेठ १० गते १६:३७

काठमाडौं । नेपालमा आज दिउँसो थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार बिहान मात्र ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा आज कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

डा. अधिकारीका अनुसार टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। य

सैगरी भरतपुर अस्पताल कोभिड१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। हालसम्म ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।

प्रतिक्रिया