शनिबार, असोज २६, २०८१

आज एकैदिन नारायणी अस्पतालका ९ कोरोना संक्रमित डिस्चार्ज

नेपालखोज २०७७ जेठ १० गते १८:१३

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत ९ जना निको भएर डिस्चार्ज भएका छन् ।

शनिबार दिउँसो संक्रमण मुक्त भएपछि ९ जनालाई डिस्चार्ज गरिएको अस्तपालले जनाएको छ । ‘दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरू ९ जनालाई डिस्चार्ज गरिएको हो,’ नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले भने ।

हिजो बाँकेका २१ जना एकैपटक संक्रमणमुक्त भएर घर फर्किएका थिए ।

प्रतिक्रिया