बिहीबार, वैशाख १३, २०८१

गाँजा बरामद

नेपालखोज २०७७ जेठ ११ गते १३:२७

सिरहा । नेपाल प्रहरीको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिकाबाट गाँजा बरामद गरेको छ ।

प्रहरी चौकी भगवानपुरबाट खटिएको सो टोलीले चारवटा बोरामा प्याकिङ गरेको एक क्विन्टल लागुऔषध गाँजा आज बिहान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

बरामद गाँजा इलाका प्रहरी कार्यालय लहानमा राखिएको र फरार व्यक्तिको खोजी कार्य जारी रहेको उजले बताए ।

प्रतिक्रिया