शुक्रबार, वैशाख १४, २०८१

बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

नेपालखोज २०७७ चैत ३ गते १४:२८

काठमाडौं । सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थित मालपोट कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिका २ स्थित विद्यानगरबाट चैत्र २ गते एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही जिल्लाको लहान नगरपालिका १८ बस्ने ३९ वर्षिय बलराम मण्डल छन् ।

उनलाई विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ईप्रका लहानमा बझुाएको छ ।

प्रतिक्रिया