मुख्यमन्त्री शाहीले आफ्नो स्कर्टिङमा खटिने ८ जना सुरक्षाकर्मी फिर्ता गरे

नेपालखोज २०७७ जेठ ११ गते १३:४३

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो स्कर्टिङमा खटिने ८ जना प्रहरी फिर्ता गरेका छन् ।

‘पीएसओ र आर्मी बाहेकका स्कर्टिङमा खटिने प्रहरीहरु उहाँले फिर्ता गर्नुभएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने, ‘कोरोना भाइरसविरुद्धको महामारीमा खटिन सुरक्षाकर्मीको अभाव भएका कारण तत्काललाई स्कर्टिङमा खटिने प्रहरीहरु फिर्ता गर्नुभएको हो ।’

मुख्यमन्त्रीको सुरक्षामा खटिएका २ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानसहित ८ जना प्रहरीलाई फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले पुष्टि गरे।

यसबाट प्रहरी जनशक्तिलाई कोरोना विरुद्धको अभियान जनताको सुरक्षामा सघाउ पुर्याउने सहयोग मिल्ने रायमाझीको भनाइ छ ।

प्रतिक्रिया