शुक्रबार, वैशाख १४, २०८१

अनलाइनबाटै धमाधम कार बिक्री हुँदै

नेपालखोज २०७७ जेठ ११ गते १७:४०

काठमाडौँ । भारतीय सरकारले अटोक्षेत्रमा लकडाउन केही खुकुलो बनाए पछि मारुती सुजुकीले ५ हजार युनिट कार बिक्री गरिसकेको छ । कम्पनीको शेयर २ प्रतिशतले बढेर ४८०० पुगेको कम्पनीले जानकारी दिएको छ ।

भारतमा अधिकांश कार कम्पनीले अनलाइनबाटै कार बिक्री गरिरहेका छन् । मारुती सुजुकी कार खरिद गर्नका लागि अनलाइनबाटै बुकिङ गर्नु पर्छ ।

कम्पनीका अनुसार सबै शोरुमले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरलाई ध्यानमा राखेर काम गर्ने गरेका छन् । साथै सामाजिक दुरी र स्वास्थ्यमा विशेष ध्यान दिने गरेको छ ।

शोरुमको भित्र र बाहिर लगातार स्यानिटाइजेसन गर्ने गरेको छ । यति मात्र होइन अनलाइनबाट कार खरिदकर्तालाई फोन गरेर कारको फिचर र अन्य जानकारी पनि दिने गरेको छ ।

सरकारले केही छुट दिए पछि मारुतीले म्यानुफ्याक्चरिङ सुरु गरेको थियो । यसको लागि १२ मे देखि हरियाणाको मानेसर स्थित मारुती प्लान्ट सुरु गरिसकेको छ ।

प्रतिक्रिया