बिहीबार, वैशाख १३, २०८१

हुवावले ५G इनोभेसन टेलिकम बाहेकका ईन्डस्ट्रीहरूमा अन्वेषण गर्दै

नेपालखोज २०७७ फागुन ९ गते १४:१५

काठमाडौं । हुवावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले हालसालै चीनमा ग्लोबल मिडियासँग गरेको अन्तर्वार्तामा कम्पनीले खानी, यातायात, र संगीत जस्ता क्षेत्रहरूमा औद्योगिक फाइभ जी अनुप्रयोगहरूमा नयाँ अवसरहरूको अन्वेषणको मार्ग खुलासा गर्नुभएको छन् । साथै फाइभ जी युगमा विविध उद्योगहरूको लागि आधारभूत प्लेटफार्महरू प्रदान गर्न यसको नवीनता र कोर व्यवसायमा हुवावेको निरन्तर ध्यान केन्द्रित गर्ने कुरामा जोडदिनुभएकाे छ ।

आइसीटी समाधान प्रयोग गर्न हुवावको ध्यान केन्द्रित गरी लिगेसी उद्योगहरूलाई नवीनतम बनाउन सहयोग गर्दै रेन झेंगफेईले भन्नुभयो, “फाइभ जी युगमा व्यवसायहरुलाई कनेक्ट गर्नु नै मुख्य लक्ष्य हो । विभिन्न उद्योगहरूको लागि फाइभ जी अनुप्रयोगहरू भिन्न छन्, तर प्रायः सबै प्रविधिहरू समान हुन् । त्यसैले हाम्रो मुख्य लक्ष्य विभिन्न उद्योगहरूमा इलेक्ट्रोनिक, सफ्टवेयर र कम्पिउटिङ्ग सिस्टमको प्रयोग बढाउनु हो । ”

यस विकासलाई गति दिन हुवावेको पुरानो प्रतिबद्धता र आधारभूत अनुसन्धान र नवीनतामा लगानी आवश्यक हुनेछ । रेनका अनुसार, हुवावेले विश्वभर १०० भन्दा बढी अनुसन्धान केन्द्रहरू र संयुक्त ल्याबहरू निर्माण गरेको छ, जुन गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, र सौंदर्यशास्त्रमा विशेषज्ञ छन्, जसमा स्मार्ट सिटी, अटोनोमस भेहिकल्, स्मार्ट शिक्षा, स्वास्थ्य सेवा, खानी आदिको बढ्दो इकोसिस्टमको लागि फाइभ जी अनुप्रयोगहरू र आईसीटी समाधानहरू विकास गरिरहेको छ ।

यी इनोभेशन ल्याबहरू ग्राहकहरुसँग सह-साझेदार छन् जसले अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरी उनीहरूको सम्बन्धित उद्योगहरूको आवश्यकता अनुसार अनुसन्धान निर्देशित गर्छन, र इलेक्ट्रोनिक्स टेक्नोलोजीमा हुवावेको विशेषज्ञताले यी उद्योगहरूको लागि उत्कृष्ट अनुप्रयोग र सेवाहरू विकास गर्न मद्दत गर्दछ ।

उद्योगका ग्राहकहरु र साझेदारहरुसँग संयुक्त सहयोग अन्तर्गत, हुवावेले विश्वभरका शहरहरु जस्तै बर्लिन, सियोल, बैंकक र रियाद मा फाइभ जी नेटवर्क र डिजिटल कनेक्सन निर्माण गर्न मद्दत गरेको छ । यी नेटवर्कहरूले हाईएंड उपकरणहरूको लागि निर्बाध कनेक्टिविटी र उच्चतम प्रदर्शनलाई सक्षम पारेर, उद्योगको अग्रणी क्षमताहरू प्रमाणित गरेका छन् ।

आज, अग्रणी वैश्विक आईसीटी समाधान प्रदायकको रूपमा, हुवावेले बेस्ट इन क्लास उत्पादन तथा आफ्नो ग्राहकहरूलाई उत्तम समाधानहरू प्रदान गरिरहेको छ । हुवावेले २००९ मा फाइभ जी टेक्नोलोजीको अनुसन्धान शुरू गर्यो र २०१९ को अन्त सम्ममा २६,६०० स्ट्यान्डर्ड्को योगदान थ्रीजीपिपिमा पेश गरेको थियो । युरोपेली दूरसञ्चार मानक संस्थान (इटीयसआई) का अनुसार कम्पनीले ४,३४८ महत्वपूर्ण फाइभ जी पेटन्टहरुको फ्यामिलिको स्वामित्व पाएको छ, जुन कुल को २०५ भन्दा बढी रहेको छ । यसले फाइभ जी पेटन्टको मामलामा सबै भेन्डरहरुमा हुवावेलाई पहिलो स्थानमा राख्दछ, तथा यसको अनुसन्धान र विकास को सम्भावनाहरु र विविध उद्योगहरुमा फाइभ जी को नवीन अनुप्रयोगहरुको एक ठोस आधार निर्माण गर्दछ ।

प्रतिक्रिया