मधेशका मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न राजपाको माग

नेपालखोज २०७७ जेठ ११ गते १९:३४

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेशका मागलाई समेत सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न माग गरेको छ।

मधेसका मागलाई सम्बोधन गर्न प्रधानमन्त्री केपीशर्मा ओलीले संविधान संशोधन गर्छु भनेर प्रतिबद्धता जनाएकोले यसलाई अगाडि बढाउन संसदीय दलको बैठकले आग्रह गरेको तत्कालीन राजपाका प्रवक्ता केशव झाले बताए।

राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बने पनि निर्वाचन आयोगमा विधिवत दर्ता नभएकाले दुई पार्टीको संसदीय दल अलग अलग रहेको छ। यसअघि पूर्व एमाले बाहेक सबैले संविधान संशोधनमा सहमति जनाएका थिए।

प्रधानमन्त्री ओलीले पनि संशोधन गर्न सकिने भनेर धेरै पटक भन्नुभएको छ’ झाले भने, ‘सरकारले ल्याएको संशोधन प्रस्तावसँगै हाम्रा एजेण्डालाई पनि संसदमा लैजानका लागि पहल गर्ने निर्णय भएको छ।’

प्रतिक्रिया