शनिबार, वैशाख ८, २०८१

सरकारले सवै किसिमका धार्मिक पर्वलाई अपहेलित गरेको छ : अब्दूल सत्तार

नेपालखोज २०७७ जेठ ११ गते ७:४९

जकडाउनको समय पारेर मुस्लिम समुदायको पर्व इद उत्र फित्रको दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि नेपाल मुस्लिम संघले त्यसको विरोध गरेको छ । सरकारले बार्षिक तीन वटा विदा काटेर लकडाउनमा मुस्लिम समुदाय घरमा बसिरहेको अवस्थामा विदा दिनुको कुनै औचित्य नरहेको दावी गरिरहँदा नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्ष अब्दूल सत्तारसँग वैकुण्ठ भण्डारीले गर्नुभएको कुराकानी अंश प्रस्तुत गरेका छौं ।

0 मुस्मिल समुदायको विशेष पर्व भन्दै सरकारले लकडाउनको बेला पनि विदा दिएको छ के भन्नु हुन्छ ?

विश्व नै कोरोनाको संक्रमणको अवस्थामा रहेको बेला नेपाल पछि त्यसबाट अछुतो रहन सकेको छैन । मुस्लिम समुदायहरुले सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा पालन गर्दै विगतमा जस्तो सवै मिलेर सामूहिक रुपमा गरिने प्रार्थनाहरु मस्जिदमा नगरी आफू बसेकै ठाउँबाट मनाउन हामीले आग्रह गरिसकेको छौं । सरकारले विदा घोषणा गरेको छ । यो विदा घोषणा गरेको कुरामा नेपाल मुस्लिम संघको अध्यक्षको नाताले म पूर्ण रुपमा असहमत छु । नेपालको संविधान २०७२ ले सवै धार्मिक अधिकारलाई सुनिश्चित गरेको छ । त्यस मध्ये मुस्लिम समुदाय पनि एउटा हो । मुस्लिम समुदायको स्वतन्त्र रुपमा आफ्नो धर्म मान्ने अधिकारलाई यो दुई तिहाईको सरकारको पहिलो वैठकले नै हाम्रा विदा कटौती गरेको थियो । त्यसका विरुद्ध हामीले विभिन्न चरणमा आन्दोलन गरेका थियौं र त्यही आन्दोलनको परिणामका कारण त्यो बेला पनि जर्वजस्त रुपमा घोषणा गरेको थियो । हामी त्यो विदासँग सहमत छैनौ ।

० सरकारले दिएको सार्वजनिक विदामा असहमति राख्नुको कारण के हो त?

विगतमा जस्तै मुस्लिम समुदाय वार्षिक रुपमा पाउँदै आईरहेको तीनवटा विदा छन् त्यसलाई सरकारले सुनिश्चित गर्नु पर्दछ । नेपाल सरकारको बार्षिक क्यालेण्डरमा नै आउने गरी राजपत्रमा प्रकाशित भएर आउनु पर्दछ भन्ने हाम्रो कुरा हो । अहिले दिएको विदालाई हामीले किन असहमत गरेको हौ भने यो विदा दिएको होइन कि विदा फिर्ता गरेको हो । नयाँ विदा दिएकै होइन भईरहेको विदालाई कटौती गरेका कारण आन्दोलन भयो र आन्दोलनका कारण र लकडाउनका कारणले आँखामा छारो हाल्ने काम गरेको हो । लकडाउन नभएको भए ठूलो आन्दोलन चर्की सकेको हुने थियो । सरकारले नयाँ विदा दिएको नभएकाले यसमा उत्साहि हुनु पर्ने कारण नै छैन । पहिले कटौती गरेको विदालाई फिर्ता गरेको अनुभूति हामीले गरेका छौं ।

० सरकारले विभिन्न धर्मालम्वीहरुका लागि दिने गरेको विदा कटौती गरेर आन्तरिक द्धन्द्व गराउन खोजेको भन्ने आरोप पनि छ नि ?

हो, सरकारले विभिन्न धर्मालम्वीहरुको यस्ता विशेष महत्व राख्ने दिनको विदा कटौती गरेको छ । हिन्दूधर्मालम्वीहरुको विदा पनि कटौती गरेको छ तर उहाँहरु किन बोल्नु भएन थाहा भएन तर हामी धार्मिक विदा कटौती गर्नुलाई ठूलो आपत्तिका रुपमा लिएका छौं । करीव दुई तिहाई पुगेपछि यो सरकार मुलुक पुरै कम्युनिष्टमय भयो भन्ने सोचले हिडिरहेको छ । सरकारले उन्मादमा हिडिरहेको छ यसले आफ्नै मतदाताहरुको अधिकार, आफ्नै समुदायको अधिकार कटौती गर्न उद्दत भएको देखिन्छ ।

० लकडाउने नभएको भए आन्दोलन गथ्र्यौ भन्नु भयो सरकारलाई दवाव पनि दिन सक्नु हुन्थ्यो नि त ?

विगतमा हामीले दवाव दिएकै कारण सरकारले इद फित्रको विदाको घोषणा गरेको थियो । तर हामी चाहन्छौं सरकारले आफ्नो दम्भ देखाएर कटौती गरेका विदाहरुलाई पुन विगतमा जस्तो थियो त्यस्तै गरोस् भन्ने हो । तर अहिले कोरोनाको महामारीका अवस्थामा दिएको विदालाई हामीले स्वीकार गरेका छैनौं । लकडाउनले खुकुलो भयो र अर्को दुई महिनापछि आउँदै गरेको बकर इदको विदा पनि दिने नदिने अनिश्चित छ त्यस बेला पनि विदा दिएन भने हामी आन्दोलनमा उत्रन्छौं ।

० आजको यो विशेष पर्वका दिन आम मुस्लिम समुदायलाई के भन्नु हुन्छ ?

सवैभन्दा पहिले यो इद उल फित्रको सम्पूर्णहरुमा शुभकामना गर्द गर्दछु । यो इदमा सामुहिक प्रार्थना गर्न नपाएपनि हामी जो जो जहाँ छौं । त्यही एक्लै बसेर भएपनि कोरोना मुक्त होस् भन्ने सवैले प्रार्थनागरौ भन्न चाहन्छु ।

प्रतिक्रिया