भारतबाट निकै कष्टकरसँग देश भित्रिनेहरुको जिम्मा स्थानीय तहले लिनु पर्ने

नेपालखोज २०७७ जेठ १२ गते १८:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणका कारण छिमेकी मुलुकभारतबाट नेपाल फर्केका नेपाली जनताको जिम्मेवारी स्थानीय तहले लिनु बताएका छन् । अहिले देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

अहिले विश्व कोरोनाको संक्रमणमा छ । यो बेला भारतमा रोजगारीका लागि गएका नेपालीहरु घर फर्कन क्रममा सीमा वन्दका कारण निकै कष्टका साथ नेपाल प्रवेश गरिरहेकाले ती नागरिकहरुको जिम्मेवारी स्थानीय तहले लिनु पर्ने अवस्था आएको ओलीले बताए ।

प्रतिक्रिया