कोरोना संक्रमित १ सय १२ जना डिस्चार्ज

नेपालखोज २०७७ जेठ १२ गते १८:२३

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज दिउँसो बर्दियामा तीन, अछाम र पर्सामा एक—एक जना तथा काठमाडौं घर भई बारामा कार्यरत एक जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा आजमात्रै  ७८ नयाँ संक्रमित फेला परेका छन् भने कुल संक्रमितको संख्या ६८२ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा आइसोलेसनमा रहेका संक्रमितहरु प्रदेश नं १ मा ६० जना, प्रदेश नं २ मा २ सय १ जना, बागमतीमा २६ जना, गण्डकीमा ३ जना, प्रदेश नं ५ मा २ सय ५६, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन्।

त्यस्तै रियालटाइम पोलीमर चेन रियाक्सन ९पीसीआर० विधिबाट आजसम्म ५१ हजार ६ सय ४२ नमुनाहरु परीक्षण भएका छन्। त्यस्तै आजको दिनसम्म क्वारेन्टाइनमा रहेकाको संख्या ४६ हजार २९ रहेको मन्त्रालयले जनाएको छ। डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ।

 

प्रतिक्रिया