नारायणी अस्पतालमा उपचाररत सबै ४४ जना डिस्चार्ज
नेपालखोज
२०७७ जेठ १२ गते १८:२८
वीरगंज । नारायणी अस्पतालमा उपचाररत ४४ सबै जना कारोना संक्रमितलाई आज डिस्चार्ज गरिएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार २ जना सञ्चारकर्मी सहित ४४ जनाको रिपोर्ट २–२ पटक नगेटिभ आएकाले आज डिस्चार्ज गरिएको जानकारी गराएका छन् ।
अस्पतालमा ३३, २४, ३२, ५२, ५४, २८, ३९, ३५, ४२, ३०, ३०, १६, ३०, ४२, २५, ४२, १७, ४२, १४, २१, १९, २०, २५, १८, २०, ४५, ४१, ४०, ५३, ४०, २०, १६, ४३, ३१, ४०, ४०, ३६, २८, ४१, ३७, १९, १८ उमेरका ४४ जना संक्रमितहरुलाई आज डिस्चार्ज गरिएको कोरोना उपचारमा संलग्न चिकित्सक डा। उदय नारायण सिंहले जानकारी गराएका छन्।
अहिलेसम्म एक सय जना कोरोना संक्रमितहरुको उपचार भएको नारायणी अस्पतालमा सबै कोरोनामुक्त भएसँगै नारायणी अस्पतालका आइसोलेसन कक्ष पनि खाली हुने भएका छन्।
यसअघि नारायणीबाट आइतबार मात्रै १८ जना डिस्चार्ज भएका थिए।
सम्बन्धित

प्रतिक्रिया