मृतकको सम्पर्कमा रहेका ६ जनामा कोरोना संक्रमण
काठमाडौँ । मृत्यु भई अन्तिम संस्कारसमेत गरिसकिएका वृद्धको सम्पर्कमा आएका बाराका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
उपचारका क्रममा वीरगंजको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका कलैया–७ का ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
स्वासप्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएका उनको आईसीयुमा उपचारकै क्रममा ३ गते स्वाव संकलन गरिएको थियो।
यसैबीच वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आईसीयु र इमरजेन्सी कक्ष सिल गरिएको छ। अस्पताल सिल गरिएपछि त्यहाँ कार्यरत ५० डाक्टर तथा कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।
मृतकको आफन्तले धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिसकेका छन्।

प्रतिक्रिया