बारबर्दियामा आइसोलेशन निरीक्षण
धम्बोझी । कोभिड –१९ संक्रमितको उपचारका लागि बर्दियाको बारबर्दिया नगरपालिकाले निर्माण गरेको आइसोलेशन सेन्टरको निरीक्षण गरिएको छ नगरपालिकाले मंगरागाडीमा बनाएको १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन सेन्टरको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसहितले निरीक्षण गरेका हुन् ।
नगरपालिकामा कोरोना संक्रमण पोजेटिभ देखिएमा तत्काल पालिकाभित्र नै आइसोलेशनमा राखेर उपचारको व्यवस्था मिलाउन आइशोलेशन सेन्टर निर्माण गरिएको हो । आइसोलेशन सेन्टर मापदण्डानुरुप नै निर्माण गरिएको प्रजिअ प लामिछानेले बताए । सेन्टरमा स्वास्थ्यकर्मी ड्युटी कक्ष, सुरक्षाकर्मी कक्ष आदि छन् । उक्त आइसोलेशनमा आवश्यक जनशक्ति परिचालन तथा सामग्री व्यवस्थापनका बारेमा बर्दिया अस्पतालका प्रमुख सुवास पाण्डेले जानकारी गराएका थिए ।
निरीक्षण टोलीमा जिल्ला समन्वय समिति प्रमुख शंकरप्रसाद थारु, जिल्ला प्रहरी प्रमुख केदार रजौरेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया