रौतहटका थप २२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ १३ गते १३:२४
काठमाडौं । रौतहटका थप २२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मध्यान्न जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार रौतहटको गौर नपाका ७ जना, राजदेवीका १ जना, देवाहिगोनाहीका ३ र ११ जनामा कोरोना पुष्टि भएको छ ।
संकेमितमा तीनजना बालबालिकासमेत रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए । रौतहटमा यसअघि ४८ जनामा संक्रमण देखिएको थियो ।
उनीहरुमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।
सम्बन्धित

प्रतिक्रिया