संघीय संसद्मा परिमार्जित नक्शासहितको लोगो राखियो
नेपालखोज
२०७७ जेठ १३ गते १३:३४
काठमाडौं । संघीय संसद्मा नयाँ नक्शासहितको लोगो प्रयोग गर्न थालिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको रोष्ट्रममा नयाँ लोगो राखिएको हो।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग राखेर नयाँ नक्शा जारी गरेपछि संघीय संसद्ले पनि लोगो परिमार्जन गरेको हो।
राष्ट्रियसभाको बिहान ११ बजे शुरु भएको बैठकमा नयाँ लोगो प्रयोग भएको थियो भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे शुरु भएको हो।
नयाँ नक्शा अनुसार संघीय संसदका सदस्यहरुले लगाउने लोगो पनि परिमार्जन गर्ने प्रक्रिया शुरु भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ।
सम्बन्धित

प्रतिक्रिया