सोमबार, वैशाख १५, २०८२

फ्रेन्च लिगका बाँकी खेल नखेली यो सिजन पूरा गर्ने निर्णयप्रति क्लबहरुको आपत्ति

नेपालखोज २०७७ जेठ १३ गते १४:१२

काठमाडौँ । फ्रेन्च लिग वान फुटबल क्लब लियोनले यो सिजनका बाँकी खेल पूरा नगरी लिग पूरा गर्ने निर्णयप्रति असहमति जनाएको छ ।

लियोनका अध्यक्ष जोन–मिशेल उलासले कोरोना भाइरसको महामारीका कारण बाँकी खेल नखेली लिग पूरा गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

महामारीका कारण रोकिएका खेलहरु पुनः गर्ने सक्ने अवस्था नरहेको फ्रान्स सरकारले बताएपछि लिग वान र लिग टू का बाँकी खेलहरु पूरा नगरी अप्रिल २८ मा सिजन टुंगिएको घोषणा भएको थियो ।

अध्यक्ष जोन–मिशेलले प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेखेर निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

लिगका खेलहरु पूरा नहुँदा फ्रान्सेली फुटबलले ठूलो आर्थिक तथा सामाजिक संकटको सामना गर्नु पर्ने पत्रमा उल्लेख छ ।

सिजन अन्त्यको घोषणा हुँदा लियोन सातौँ स्थानमा थियो, सोही कारण उ युरोपियन क्वालिफिकेशनमा पर्न सकेन । -एजेन्सी

प्रतिक्रिया