भोलीको प्रतिनिधि सभा बैठकमा संविधान संशोधन विधेयक पेश हुने

नेपालखोज २०७७ जेठ १३ गते १८:२२

काठमाडौं। सरकारले प्रतिनिधि सभाको भोलिको बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत गर्ने भएको छ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले भोलिको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रस्तुत गर्न अनुमति माग्नेछिन्।

संघीय संसद्का महासचिव भरत गौतमले आज सार्वजनिक गरेको भोलिको प्रतिनिधि सभाको कार्यसूचिअनुसार सभाको अनुमति पाएपछि कानूनमन्त्रीले ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ पेश गर्ने छिन्।

भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर सरकारले जारी गरेको राजनीतिक र प्रशासनिक नक्शालाई नेपालको निशान छापमा समावेश गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो।

संविधानको अनुसूची ३ मा नेपालको निशान छाप कस्तो हुने भन्ने व्यवस्था छ। निशान छापको बीचमा नेपालको नक्शा छ। सरकारले ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा समेत अद्यावधिक गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो।

प्रतिक्रिया