स्वास्थ्यमन्त्री ढकालको पीसीआर रिपोर्ट नेगेटिभ
नेपालखोज
२०७७ जेठ १३ गते १९:१५
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी गराइएको छ ।
आज कपिलवस्तुमा कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गरेर फर्किएका एक चिकित्सकमा कोरोना पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सबै कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो ।
यसैक्रममा मन्त्री ढकालसहित मन्त्रालयका सबै कर्मचारीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी गराइएको हो । कोरोना पुष्टि भएका उक्त चिकित्सकले स्वास्थ्य आपतकालीन परिचालन केन्द्रमा प्रेजेन्टेसन दिएका थिए ।
सोही क्रममा कन्ट्याक्ट ट्रेसिङको आधारमा सबैजनाको पीसीआर परीक्षण गरिएको थियो । मन्त्री ढकालको आज विहान स्वाब नमूना लिएर परीक्षण गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया