शनिबार, वैशाख ८, २०८१

विश्वकै महँगो आप : कति होला मुल्य ?

नेपालखोज २०७७ जेठ १४ गते ८:२३

एजेन्सी । आपलाई सबै फलफुलको राजा मानिन्छ । अहिले आपको सिजन पनि शुरु भएको छ । लकडाउनका कारण आपको सिजनमा स्वादिष्ट आपको मजा लिन नपाए पनि आपको स्वादको बारेमा अपरिचित भने शायदै कोहि छ होला ।

बजारमा पाइने विभिन्न किसिमका आपहरुको चर्च यस आपको सिजनमा हुने गर्दछ । दशहरी, चौसा, सहित अन्य आपहरु बजारमा पाइन्छ । तर दुनियाँमा यस्तो आप पनि छ जसको मुल्य लाखौ पर्ने गर्दछ । हजुर आपको मुल्य लाखौ । आउनुस विश्व कै महँगो आपको बारेमा जानकारी हासिल गरौँ ।

जापानमा पाइने ताइयो नो तामागो अर्थात एग अफ द सन नामक आपलाई विश्वकै महँगो आप मानिन्छ । यो आप जापानको मियाजाकी राज्यमा उत्पादन हुने गर्दछ । हरेक बर्ष यस आपलाई बोली लगाएर बेच्ने गरिन्छ, जसले गर्दा यसको मुल्य लाखौसम्म पर्ने गर्दछ ।

यस आपको खेती विशेष प्रकारले गर्ने गरिन्छ । अन्य आपको जस्तो हरेक बर्षको उत्पादन गरेर बजारमा लैजाने भने यो आपको गरिदैन । विशेष अर्डर अनुसार यसको उत्पादन गरिन्छ र निश्चित व्यक्तिहरुलाई मात्र यो बेच्ने गरिन्छ । यो आपको आधा भाग रातो र आधा भाग पहेलो हुने गर्दछ ।

२०१७ मा यो आपको एक जोडीलाई यस्तै बोलि लगाइएको थियो जसलाई त्यति बेला ३६ सय डलरमा बेचिएको थियो । दुवै गरेर ७ सय ग्राम वजन आपको ३६ सय डलरमा बिक्रि भएको थियो । यसबाटै यो आपको किसिम र स्वाद अनुमान गर्न सकिन्छ ।

सामान्यरुपमा यस आपको मुल्य कम्तिमा एक जोडीको ११६ अमेरिकी डलर पर्ने गर्दछ भने अहिलेसम्मको उच्च मुल्य ३६६२ अमेरिकी डलरसम्म परेको छ । यसको उत्पादन विशेष किसिमले गर्ने गरिन्छ । आप फाल्न शुरु हुनासाथ नै आपलाई विशेष जाली जस्तो गरि घेरिन्छ, जसले आपमा सुर्यको किरण सबै तिरबाट छिर्न भने सक्ने किसिमले बनाइएको हुन्छ ।

त्यो जालीले आपलाई कुनै किसिमले जमिनमा खस्न भने दिदैन । आप पाकेर रुखबाट छुट्टिएपछि सोहि जालीमै अड्किने किसिमले बनाइएको हुन्छ ।

प्रतिक्रिया