बुधबार, असार ११, २०८२

हावाहुरीले रुख ढल्दा २ जनाको मृत्यु

नेपालखोज २०७७ जेठ १४ गते ८:५२

कवानपुर । मकवानपुरमा मंगलबार अपरान्ह आएको हावाहुरीले रुख ढल्दा २ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्बर५ऽ चैनपुरकी ५० वर्षीया वीरमाया प्रजा र वडा नम्बर)३, पलासेका ६ वर्षीय बालक आयुष मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

रुख ढल्दा प्रजाको घटनास्थलमै र मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको निरीक्षक पाठकले बताए । घटनामा घाइते भएका राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय शम्भु सुनार र २८ वर्षीय मनिकलाल बलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण मकवानपुरका विभिन्न क्षेत्रमा घरको छाना उडाएको छ, विद्युतका पोल ढलेका छन् भने तरकारी खेतीका लागि बनाइएका टनेलमा क्षति पुगेको छ ।

प्रतिक्रिया