थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ १४ गते १३:३७
वीरगञ्ज । रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
रौतहटको विभिन्न स्थानीय तहमा कोरोना संक्रमण पुष्टि भएका मध्ये २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र बाँकी ७ जनाको हेटौँडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७, गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा २, र कटहरिया नगरपालिकामा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका सबैजना भारतबाट आएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया