कोरोना : झापामा थप १७ र प्रदेश २ मा ४५ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ १४ गते १५:२८

विराटनगर । झापामा फेरि थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा.संगीता मिश्राले जानकारी दिइन् ।

संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

यसैगरी, प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् ।

प्रतिक्रिया