सोमबार, मंसिर १३, २०७८

भोलि अपरान्ह ४ बजे बजेट प्रस्तुत हुँदै

नेपालखोज २०७७ जेठ १४ गते १५:४४

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७७ ७८ को वार्षिक बजेट भोलि संसदमा प्रस्तुत हुँदैछ। भोलि अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठक कक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन्।

बजेट भाषणलगत्तै प्रतिनिधिसभाको अर्को बैठक भोलि नै साँझ ६ बजे बस्नेछ।

हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया