बिहीबार, जेठ ३, २०८१

(काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल चौंथो पटक पराजित

नेपालखोज २०८० असार ७ गते २०:०४

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल लगातार चौंथो पटक पराजित भएको छ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको बिहीबार खेलमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको हो ।

नेपाललाई तुर्किमिनिस्तानले ३–१ को सेटमा हराएको हो । नेपालमाथि तुर्किमिनिस्तानले २५–१८,२३–२५,२६–२४ र २५–२० को सेटमा जित निकालेको हो ।

यस अघि नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो । यस्तै तेस्रो खेलमा नेपाल इरानसँग पराजित भएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ । अब नेपालले पाँचौं खेलमा किर्गिस्तानको ’बी’ टोलीसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालले अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया