आज मात्रै थपिए १ सय १४ कोरोना संक्रमित
नेपालखोज
२०७७ जेठ १४ गते १६:५४
काठमाडौँ । आज (बुधबार) कोरोना भाइरसका ११४ जना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। कुल संक्रमितमध्ये ९० जना महिला हुन् भने बाँकी पुरुष।
यीमध्ये चार जनाको मृत्यु भएको छ भने १८३ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेमा डेढ वर्षका बालकदेखि ६२ वर्षका वृद्धसम्म छन्।
हालसम्म पीसीआर विधिबाट ५८ हजार २७७ जना र आरडीटी विधिबाट १ लाख २८७ जनाको कोरोना परीक्षण गरिएको छ।
देशभर करिब ७० हजार क्वारेन्टिनमा र जना ६९९ आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया