शुक्रबार, जेठ ४, २०८१

‘ए’ डिभिजन लिग : अन्तिम चरणका खेलहरू बिहीबारदेखि

नेपालखोज २०७८ फागुन ११ गते ८:३६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरू बिहीबारदेखि हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजो अन्तिम चरणका खेल तालिका सार्वजनिक गरेको हो ।

भोलि अन्तिम चरणका दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबले भिड्दा सोही समय दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।

लिगको अन्तिम खेल फागुन १४ गते दिउँसो साढे ४ बजे लिग विजेता मच्छिन्द्र र एपीएफबीच दशरथ रंगशालामा हुनेछन् । मच्छिन्द्रले १२ खेलबाट ३२ अंक जोड्दै लिग जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब घटुवा भएर ‘बी’ डिभिजन लिगमा पुगेका छन् ।

प्रतिक्रिया