शुक्रबार, वैशाख १४, २०८१

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

नेपालखोज २०७७ जेठ १५ गते ६:४४

बाँके । व्यापक रुपमा फैलिएको कोरोना संक्रमणको कारण अवस्था नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले बाँकेमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

गएराति १० बजेदेखि लागू हुने गरी जिल्लाभरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाँके जिल्लामा अहिलेसम्म एक सय ७० जना कोरोना संक्रमित फेला परिसकेका छन्।

एकपछि अर्को गर्दै संक्रमित देखिन थालेपछि अवस्था नियन्त्रणबाहिर जाने आँकलनसहित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

सरकारले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको सरुवा गरेर रामबहादुर कुरुम्बाङलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ।।

बुधबार जिम्मेवारी सम्हालेलगत्तै प्रजिअ कुरुम्बाङले बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन्।

प्रतिक्रिया