शनिबार, जेठ ५, २०८१

रुस निर्वाचन : पुटिनको पार्टीको अग्रता

नेपालखोज २०७८ असोज ४ गते ९:२८


काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदिय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ।

धाँधलीको आरोपबिच भएको मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो। क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो र निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका छन्।

रुसको निर्वाचन आयोगले भने त्यस्ता दाबीहरूलाई अस्वीकार गरेको छ। बीबीसी

प्रतिक्रिया