कोरोना : फेरि थपिए ८ जना संक्रमित, एक वर्षका बालक पनि लड्दै छन् कोरोनासँग
नेपालखोज
२०७७ जेठ १५ गते १३:३१
सुर्खेत । फेरि ८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका हुन् । तर यसको औपचारिक सार्वजनिक संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट हुन बाँकी छ । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।
प्रादेशिक सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।
यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ ।
सम्बन्धित
प्रतिक्रिया