मंगलबार, वैशाख ११, २०८१

कोरोना : अफगानिस्तानमा १ हजार २ सय ९ जना निको भए

नेपालखोज २०७७ जेठ १५ गते १४:००

काठमाडौँ । अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।यो समेत गरी बिहीबारसम्म त्यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । गत २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि आठ जना संक्रमितको ज्यान गएको छ । त्यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २३५ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।

त्यहाँ कारोनाका संक्रमितमध्ये १ हजार २०९ जना निको भएर फर्र्िकएका छन् । त्यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका बिरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल अफगानिस्तानमा ११ हजार ५७२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया