शुक्रबार, वैशाख २६, २०८२

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

नेपालखोज २०७७ जेठ १५ गते १५:२१

काठमाडौँ । वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ।

८३ वर्षको उमेरमा बिहीबार बिहान ११ बजे निधन भएको हो। बुधबार बेलुका अस्वस्थ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

क्रोनिक ब्रोन्काइटिसबाट लामो समयदेखि पीडित थापाको डेढ महिनाअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया गरिएको थियो।

उनी त्यसयता कमलपोखरीस्थित घरमै आराम गरिरहेका थिए।

गीतकार थापाले लेखेका ‘घुम्तीमा नआउ है’, ‘पन्छीमा राम्रो डाँफे’, ‘ए कान्छा ठट्टैमा’, ‘जाग लम्क चम्क हे’, ‘ए कान्छा ठट्टैमा यो बैश’, ‘स्वर्गकी रानी’, ‘गोरेटो त्यो गाउँको’, ‘उकाली ओराली गर्दै’, ‘सप्तरंगी फूलै फूल्यो’ र ‘विछोडको पीडा’लगायतका गीत चर्चित छन्।

गीतकार थापाको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको स्रोतले जनाएको छ। कोरोना रिपोर्ट आए आजै साँझ अन्त्यष्टी गर्ने तयारी छ।

प्रतिक्रिया