शुक्रबार, वैशाख १४, २०८१

आउँदो आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता यथावत् रहने

नेपालखोज २०७७ जेठ १५ गते १७:१६

काठमडौं । आउँदो आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता यथावत् रहने भएको छ । वृद्ध, सीमान्तकृत, एकल महिला, अपाङ्गता भएका व्यक्तिको लागि सामाजिक सुरक्षा भत्ता सरकारले निरन्तरता दिने भएको हो ।

त्यसको लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

सङ्घीय संसदमा नयाँ बजेट प्रस्तुत गर्दै उजले ७० वर्ष माथिका नागरिकका लागि १ लाख रुपैयाँको निःशुल्क बीमा कार्यक्रमालई पनि निरन्तरता दिने बताए ।

यसैगरि ४ लाख परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले समेट्ने अर्थमन्त्रीले घोषणा गरेका छन्

प्रतिक्रिया