सोमबार, मंसिर १३, २०७८

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

नेपालखोज २०७७ जेठ १६ गते १३:३४

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गर्दैछ ।प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

दिउँसो तीन बजे बस्ने संसद बैठकमा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले शुक्रबारको बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत मात्रै प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षमा महोत्वकांक्षी योजना ल्याए पनि आगामी वर्षका लागि भने कोरोना नियन्त्रणसँगै शिक्षा र कृषिलाई रोजगारीसँग जोड्ने खालका नीति तथा कार्यक्रम समावेश गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यगरी रोजगारीका लागि भारत तथा तेस्रोमुलुक गएका हजारौं नागरिक गाउँ फर्किएकाले उनीहरुलाई गाउँमा उत्पादनसँग जोडेर रोजगारीमा वृद्धि गर्ने खालका योजना प्राथमिकतामा राखिएको एक मन्त्रीले जानकारी दिए ।

यस्तै प्रदेश योजना आयोगले पनि नयाँ नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकता दिन सुझाव दिएको थियो। कोरोना नियन्त्रण र कृषि उत्पादन बढाउने खालका योजनाहरु नीति तथा कार्यक्रममा समावेश हुने बताइएको छ।

प्रतिक्रिया