बुधबार, वैशाख २६, २०८१

निर्वाचन पहिले भए महाधिवेशन पछि हुने : विमलेन्द्र निधि

नेपालखोज २०७७ पुष २८ गते १३:३६

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद् पुनर्स्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुने बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिीले सो कुरा बताएका हुन् ।

उनले सम्मेलनमा संसद् पुनर्स्थापना भए पार्टीको महाधिवेशन पहिले हुने र निर्वाचन पहिले भए महाधिवेशन पछि हुने बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै काँग्रेसको मुख्य एजेण्डा रहेको उपसभापति निधिको भनाइ थियो । पूर्व गृहमन्त्री समेत रहेका निधिले भने, ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक रहेको छ ।’

वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद् पुनर्स्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुवै विकल्पका लागि नेपाली काँग्रेस तयार रहेको जानकारी दिए ।

त्यसका लागि दुईवटा संवैधानिक बाटो रहेको र सर्वोच्चद्वारा संसद् पुनर्स्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प नरहेको बताए ।

यी दुवै विकल्प संवैधानिक र अहिलेको वर्तमान परिस्थितीमा दुवै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्ने पत्रकार समेलन मा उपसभापति निधिले धारणा राखेका थिए ।

प्रतिक्रिया