शुक्रबार, माघ ११, २०८१

दाङको बेलझुण्डीका ८ जनाले कोरोना जिते

नेपालखोज २०७७ जेठ १६ गते १४:५४

काठमाडौं। कोरोना संक्रमित बढ्दै गइरहेको अवस्थामा कोरोना जित्नेको संख्या पनि बढ्दै भइरहेको छ ।

Advertisement

यस्तैमा आजै दाङको बेलझुण्डीस्थित् कोरोना विशेष अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्।

अस्पतालले डिस्चार्च गरेपछि उनीहरू आजै घर फर्किएका छन्।  राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा. सर्वेश शर्माले आठैजनाको पछिल्लो अन्तिम रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बताए।अस्पतालमा अब थप ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

प्रतिक्रिया