ट्रकबाट मदिरा नियन्त्रण
नेपालखोज
२०७७ जेठ १६ गते १४:४२
अत्तरिया । प्रहरीले मदिरा बोकेको ट्रकलाई कैलालीको फल्टुडेबाट नियन्त्रणमा लिएको छ । धनगढीबाट जोगबुढा जाँदै गरेको से१ख १३७० नंको सो ट्रक इलाका प्रहरी कार्यालय फल्टुडेले आज बिहान नियन्त्रणमा लिएको हो ।
सो कार्यालयका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार ट्रकमा लोड गरिएको मदिराको मूल्य रु एक लाख ८ हजार बराबरको छ । सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाइछिपाइ लगिरहेका अवस्थामा मदिरा बरामद गरिएको उनले जानकारी दिए ।
व्यवसायी तेजबहादुर बोहरा र चालक खगेन्द्र साउदलाई पक्राउ गरिएको निरीक्षक विश्वकर्माले बताए । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको जनाइएको छ । प्रहरीले केही दिनअघि धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट ट्रकसहित मदिरा बरामद गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया