आइतबार, वैशाख ३०, २०८१

वडाध्यक्षको निधन

नेपालखोज २०७६ चैत २१ गते १९:५३

झापा । झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ । तेत्तीस वर्षीय तुम्वापोको आज मस्तिष्कघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए।

बिहीबार घरमै बेहोस भएपछि उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत सो अस्पताल ल्याइएको थियो । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो आफैँ अस्पताल आएर वडाध्यक्षको शव लिएर पाँचथर गएका थिए । तुम्बापो तत्कालीन नेकपा ९एमाले०को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया