शुक्रबार, वैशाख ७, २०८१

सेनाका पृतनापति र चिकित्सक कोरोनामुक्त

नेपालखोज २०७७ जेठ १६ गते १४:५४

काठमाडौँ । नेपाली सेनाका एक पृतनापति र चिकित्सक कोरोना मुक्त भएका छन्। मध्यपूर्वी पृतना रौतहटमा कार्यरत पृतनापति र एक जना चिकित्सकको कोरोना रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

उनीहरुलाई जेठ ३ गते संक्रमण पुष्टि भएको थियो। संक्रमण भेटिएको चिकित्सक सेनाकै स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी हुन्।

उनीहरूको काठमाडौंस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिएको थियो।

पृतनापति र चिकित्सकलाई नै कोरोना संक्रमण भेटिएपछि उनीहरूको सम्पर्कमा आएकाहरूको समेत स्वाब परीक्षण गरिएको थियो। बाँकी कसैमा कोरोना देखिएन।

प्रतिक्रिया