बिहीबार, वैशाख १३, २०८१

भारतीय मिडियामा प्रकाशित समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक र निराधार : नेपाली सेना

नेपालखोज २०७७ जेठ १६ गते १४:५६

काठमाडौँ । नेपाली सेनाले भारतका केही सञ्चारमाध्यममा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रकाशित प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली सेनाले हिन्दुस्तान टाइम्स डक कममा शिशिर गुप्तद्वारा लिखित इन ह्युग सेटब्याक टु पीएम ओली, नेपालस् न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक तथा टिएफआईपोस्ट डट कममा अक्षय नारांगद्वारा लिखित ओली अर्डर्ड नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफस रिमार्कस द नेप्लिज जेनेरलर सेड नो थ्यांक शीर्षकमा प्रकाशित समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार रहेको भन्दै खण्डन गरेको हो।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुराष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ।ु

सेनाले यससम्बन्धमा उपप्रधान एवम् रक्षामन्त्रीबाट धारणा सार्वजनिक भइसकेको जानकारी दिँदै नेपाली सेना नेपालको संविधानअनुरुप सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया