शुक्रबार, वैशाख १४, २०८१

करणीको आरोपमा पाल्पामा तीन जना पक्राउ

नेपालखोज २०७७ जेठ १६ गते १५:२२

पाल्पा । पाल्पामा जवरजस्ती करणीको आरोपमा तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजिकै सार्वजनिक स्थानमा किशोरीलाई करणी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

उनिहरु माथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिए।

प्रतिक्रिया